ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्यटकको पर्खाइमा ‘चितवन मनकामना’

२०७९ साउन, २०  
बागमती प्रदेश
Image Not Found

साउन २० चितवन। चितवनमा मनकामना मन्दिरसहित मुक्तिनाथ मन्दिर, शिव मन्दिर, हनुमान् र बुद्धको मूर्ति लगायत १०८ धारा, १०८ शिवलिंग, बुढानीलकण्ठ मूर्ति, जलकुण्ड, वधशाला, १००८ शालिग्राम लगायत छन् । ती सबै हाल भक्तजनको आराम र आश्रमका केन्द्र बनेका छन् । त्यहाँ भक्तजनको आराम र आश्रमका लागि भवन निर्माण पनि गरिएका छन् । मन्दिर लगायतका सबैजसो संरचना काठमाडौं, ललितपुर र भक्तपुरका मन्दिरमा प्रयोग भएको सामग्री रहेका छन् । मनकामनाको मूर्तिलाई प्राण प्रतिष्ठा गरी यहाँ ल्याइएको हो ।

सबै देवीदेवताका मन्दिर र मूर्तिसहित निर्माण गरिएको चितवनको मनकामना मन्दिर अहिले ओझेलमा परेको छ । सबै देवी देवताको मन्दिर र मूर्तिसहित मन्दिरहरू निर्माण गरिएको थियो ।

चितवन जल, जमीन र  जंगलमा आधारित पर्यटनले चिनिँदै आएकोमा देवघाटधाम, मनकामना मन्दिर, कृष्ण मन्दिर, गणेशधाम निर्माणले यो जिल्ला धार्मिक पर्यटकको रूपमा स्थापित हुनुपर्ने स्थानीय बताउँछन् ।

अलग्गै सबै मन्दिर जान नपरोस् र  दर्शनार्थीलाई सहज होस् भन्ने उद्देश्यले आफूले सबै दर्शनार्थीको आस्था र विश्वास अनुसार मन्दिरहरू निर्माण गरिएको उनले बताए ।
मनकामना मन्दिरमा दैनिक नित्य पूजा हुँदै आएको छ । यहाँ पुजारी, सहयोगी र हेरालु सहित पाँचजना कार्यरत छन् । मन्दिर आकर्षक, कलात्मक र यहाँ आवत जावत गर्न सहज भए पनि अपेक्षा अनुसार दर्शक नआएको बताउँछन् मन्दिरका पुजारी वीरबहादुर आलेमगर । ‘मन्दिरमा चितवन, काठमाडौं, बुटवल, हेटौंडाबाट फाट्टफुट्ट भक्तजन त आउनु भएको छ । तर अपेक्षा अनुसार भीड छैन,’ आलेमगरले भने ।

यो मन्दिरको प्रचारप्रसार हुन सके चितवनकै नमूना धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न सकिने आलेमगरको भनाइ थियो ।

भरतपुरको चौबीसकोठीबाट १७ किलोमिटर र नारायणगढको पुलचोकबाट १३ किलोमिटर पश्चिम चितवनमा यो मन्दिर छ । चितवन भारतको सिमानाबाट नजिक पर्ने भएकोले पनि भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना छ । मन्दिर हाल समुदायलाई हस्तान्तरण गरिएको र आन्तरिक स्रोतबाट नै चलिरहेको छ । आगामी दिनमा दर्शनार्थीको लागि आवाससहितको व्यवस्था, ज्येष्ठ नागरिकको लागि प्रवचन भवन र दुईसय किलोको घण्टा ल्याउने योजना रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement