ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लगातार ओरालो लाग्दै नेप्से, ४ दिनमा ८३ अंकले घट्यो

२०७९ साउन, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
शुक्रवारकाे नेप्से परिसूचक ।
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । पछिल्लाे चार दिनमा नेप्से लगातार ओरालो लागेकाे छ । नेप्से गत मंगलवारयता घट्ने क्रममा छ । गत साेमवार काराेबार बन्द हुँदा २ हजार १९६ दशमलव २५ विन्दुमा रहेकाे नेप्से मंगलबारकाे काराेबार सकिँदा २१९३ दशमलव ४८ विन्दुमा पुगेकाे थियाे । त्यसयता लगातार घट्न थालेकाे नेप्से शुक्रवारकाे काराेबार सकिँदा २ हजार ११३ दशमलव ३० विन्दुमा झरेकाे छ । उक्त अवधिमा नेप्से करीब ८३ अंकले घटेकाे छ ।

त्यसअघि नेप्से लगातार पाँच दिन उकालाे लागेकाे थियाे । साउन ११ देखि १६ गते (गत साेमबार) सम्म नेप्से बढेकाे थियाे । साउन ११ मा काराेबार बन्द हुँदा नेप्से २ हजार ८८ दशमलव १६ विन्दुमा थियाे । त्यसकाे अघिल्लाे दिनकाे काराेबार सकिँदा नेप्से २ हजार १३२ दशमलव ९६ विन्दुमा थियाे । 

साताकाे अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ३४ दशलमव ८५ अंक घटेको छ । विहीबारकाे काराेबार राेकिँदा नेप्से २ हजार १४८ दशमलव १६ विन्दुमा थियाे । 

शुक्रवार कारोबारमा आएका २१३ धितोपत्रको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर ४० हजार ४२४ पटकमा रू. २ अर्ब ६२ करोड ६१ लख ५४ हजार ९४७ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २१३ धितोपत्रमध्ये सबैभन्दा बढी शेयर मूल्य जोशी हाइड्रोपावरको बढेकाे छ । उक्त कम्पनीकाे शेयर मूल्य ५ दशमलव ९१ प्रतिशत बढेकाे हाे । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६० पुगेको छ ।

याे सूचीमा दोस्रोमा ग्लोबल आइएमई समुन्नत स्किम १ छ । कम्पनीकाे इकाई मूल्य ३ दशमलव ९४ प्रतिशत बढेकाे छ । कम्पनीकाे इकाई मूल्य भएर रू. ९ दशमलव ७५ पुगेको हो । 

शुक्रवार सबैभन्दा बढी मैलुङखोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव १८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीकाे शेयर मूल्य प्रतिकित्ता रू. ४७८ मा झरेको छ। याे सूचीमा दोस्रोमा गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स छ । कम्पनीकाे शेयर मूल्य ६ दशमलव ४२ प्रतिशत घटेर रू. ३५० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको रू. १५ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ७९१ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुनेकाे दोस्रोमा नबिल बैंक छ । कम्पनीकाे रू. १४ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस दिन कारोबारमा आएका समूहगत परिसूचमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ८० प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ४० प्रतिशत घटेको छ। 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement