साउन २०, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीलाई डेढ महीनाभित्र थप ५० प्रतिशत रकम थप गर्न अनुरोध गरेको छ । कम्पनीले शुक्रवार सूचना जारी गर्दै संस्थापक शेयरधनीलाई शेयर बापतको थप ५० प्रतिशत रकम थप्न अनुरोध गरेको हो ।
यससँगै कम्पनीका साविकका संस्थापक शेयरधनीहरूले असोज ७ गतेभित्रमा ५० प्रतिशत रकम विभिन्न बैंक खातामा जम्मा गर्नुपर्ने छ ।
जसको लागि कम्पनीले नेपाल इन्भेष्टमेन्ट, कुमारी, हिमालयन र सानिमा बैंकको खाता नम्बरसमेत उपलब्ध गराएको छ ।
बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी न्यूनतम रू. ५ अर्ब पुर्याउन निर्देशन दिएपछि कम्पनीले पूँजी वृद्धि योजना अगाडि बढाएको हो । हाल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड छ । संस्थापक शेयरधनीले थप ५० प्रतिशत रकम थपेपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६२ करोड पुग्नेछ । त्यसपछि कम्पनीले आईपीओ जारी गर्नेछ ।