ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अमेरिकामा रोजगारी सृजना वृद्धि, बेरोजगारी दर ३.५ % ले कमी        

२०७९ साउन, २१  
अन्तरराष्ट्रिय
Image Not Found

साउन २१, वासिङटन । जुलाईमा अमेरिकी बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले बताएको छ ।     
     
अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महीनामा पनि उल्लेख्य देखिएको छ । थप ५ लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रवार सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।     
     
कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यसअघि रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले बताएको छ ।  तथ्याङ्कअनुसार कुल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ ।  रासस/ एएफपी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement