काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये कुरमुरे कुरकुरे आदिको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात रू. १३ लाखमा झरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा फागुनमा सर्वाधिक रू. ८ करोडको कुरमुरे कुरकुरे आदि आयात भएको छ । गत आर्थिक वर्षमा यसको कुल आयात भने ६६ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।