ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय खाद्य बैंक र हरियाली कृषि अभियानबीच सम्झौता

२०७९ साउन, २४  
विविध
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं (अस) । राष्ट्रिय खाद्य बैंक लिमिटेड र हरियाली कृषि अभियान प्रालिबीच सम्झौता भएको छ । रैथाने बीउबिजनको संरक्षण, परम्परागत बाली तथा खेती प्रणालीको विकास, बाली उत्पादक किसानको संरक्षण र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराई कृषिक्षेत्रका समस्या समाधानमा सहकार्य गर्नेबारे यी दुई संस्थाबीच सम्झौता भएको हो ।

राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती र हरियाली कृषि अभियान प्रालिका अध्यक्ष शरतसिंह भण्डारीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय खाद्य बैंक प्रांगारिक तथा रैथाने उत्पादनलाई जोड दिने उद्देश्यले करीब डेढ वर्षअघि २ करोड लगानीमा स्थापना गरिएको हो । बैंकले हाल नेपालका दुई दर्जनभन्दा बढी जिल्लाको ६०० बिगाहा क्षेत्रफलमा कृषिका आधुनिक प्रविधिको प्रयोग गरी बाली उत्पादन गर्दै आएको छ ।

त्यसैगरी बैंकले देशव्यापी रूपमा कृषि अभियान सञ्चालन गर्दै आएको छ । बैंकले कृषिको उत्पादकत्व अभिवृद्धि गर्ने, उत्पादन लागतलाई कृषकमैत्री बनाउने र अग्र्यानिक उत्पादनलाई आन्तरिक तथा बाह्य बजारमा समेत पुर्‍याउने काम गर्दै आएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले दुई संस्थाबीचको सहकार्यले थोरै मात्रामा भए पनि कृषिवस्तुको आयात न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी हरियाली कृषि अभियानका अध्यक्ष भण्डारीले अग्र्यानिक कृषि उत्पादन र प्राकृतिक जीवनशैली विकासको आफूहरूको लक्ष्यमा उक्त सम्झौताको कार्यान्वयनले सहयोग पुग्ने बताए ।

आगामी दिनमा हरियाली कृषि अभियानका व्यावसायिक परियोजनामा सञ्चालन भएका सम्पूर्ण व्यावसायिक तथा उत्पादनमूलक कार्यमा खाद्य बैंक समेत सहभागी हुनेछ । त्यसैगरी दुवै कम्पनीको हित, विकास र प्रवर्द्धनका लागि ज्ञान, शीप र क्षमता आदान प्रदान लगायतमा सहकार्य हुने सम्झौतापत्रमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)