ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउन २९ देखि मैदा र सुजीको निर्यात बन्द गर्दै भारत, नेपालमा कस्तो असर पर्ला ? 

२०७९ साउन, २४  
समाचार अन्तरराष्ट्रिय उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

नयाँ दिल्ली (भारत) । भारत सरकारले मैदा र सुजीको निर्यातमा पनि प्रतिबन्ध लगाउने भएको छ ।

आगामी आईतवार देखि लागू हुने गरी यी दुई वस्तुको निर्यात रोक लगाइने भएको हो । सरकारले मेको मध्यतिर गहुँको निर्यात रोकेपछि भारतबाट मैदा र सुजीको निर्यातमा उच्च वृद्धि देखिएको  छ ।

सोमबार विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले जारी गरेको आधिकारिक आदेशअनुसार अन्तर–मन्त्रालय स्तरको समितिले अनुमति दिएपछि मात्रै मैदा र सुजीको निर्यातलाई अनुमति दिइने छ ।

गहुँको निर्यात रोकेसँगै आँटाको निर्यात चुलिँएपछि एक महीना अघि सरकारले आटा निर्यात पनि बन्द गरेको थियो । घरेलु स्तरमा कीर्तिमानी उच्च स्तरमा उक्लिएको गहुँको मूल्य नियन्त्रण गर्न सरकारले एक पछि अर्को गर्दै विभिन्न कदमहरु चालिरहेको छ ।

घरेलु स्तरमा न्यून उत्पादन र अन्तरराष्ट्रिय बजारबाट आयातमा तीव्र कमी आउँदा भारतमा गहुँको मूल्य आकाशिएको छ । गत हप्ता  भारतमा एक टन गहुँको मूल्य २४ हजार रुपयाको कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो । 

डीजीएफटीले सूचना जारी गर्नु अघि जहाजमा लोड भइसकेका वा भन्सारमा कागजपत्र बुझाइसकेका सुजी र मैदा भने निर्यात गर्न सकिने बताइएको छ । भारतले मे १३ मा गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने जुलाईमा आँटाको निर्यात रोकेको थियो । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)