ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातामा १२ अर्बभन्दा बढीको कारोबार, लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए 

२०७९ साउन, २८  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा रू. १२ अर्ब ४ करोड २० लाख बराबरको ३ करोड २१ लाख ९ हजार ४५३ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।

शुक्रवार सार्वजनिक विदा परेकाले गत साताको तुलनामा यो साता दिन एक दिन कम कारोबार भएको हो । गत साताको तुलनामा यो साता रू. १० अर्ब ९५ करोड ६० लाख ७१ हजार बराबरको २ करोड ३९ लाख ८० हजार १०७ कित्ता  धितोपत्र कारोबार भएको हो ।

गत साता ६ कारोबार दिनमा रू. २२ अ र्ब ९९ करोड ८१ लाख बराबरको ५ करोड ४१ लाख ९९ हजार ५६० कित्ता धितोपत्र खरीदविक्री भएको थियो । औषतमा यो साता रू. १ अर्ब ४२ करोड ४६ लाख बराबरको २९ लाख ८९ हजार ३६९ कित्ता कम धितोपत्र खरीदविक्री भएको हो ।

कारोबार रकमसँगै यो साता बजारका सम्पुर्ण महत्वपूर्ण सूचकहरू घटेका छन् । गत साताको अन्तिम कारोबार दिन २ हजार ११३ दशमलव ५५ विन्दुमा रहेको नेप्से परिसूचक ७५ दशमलव ६३ अंक घटेर २ हजार ३७ दशमलव ९२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ४०६ दशमलव ४५ विन्दुदेखि १४ दशमलव ७८ अंक घटेर ३९१ दशमलव ६७ विन्दु कायम भएको छ ।
यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक पहिलो कारोबार दिन १० दशमलव २७ अंकले बढेको थियो भने त्यसपछिका चार कारोबार दिन निरन्तर घटेको छ । बजार निरन्तर घट्दा सूचीकृत कम्पनीहरूको शेयरमूल्यमा पनि कमि आएको छ । गत साताको तुलनामा यो साता लगानीकर्ताहरूको सम्पत्तिको कुल मूल्य अर्थात कुल बजार पूँजीकरण रू. १ खर्ब ५ अर्ब ४६ करोड ५८ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २९ खर्ब १० अर्ब ४२ करोड ८१ लाखमा झरेको हो ।

पछिल्लो समय बजार सुधारका लागि आवश्यक पहल भैरहदा पनि लगानीकर्ताहरूको मनोबल भने बढ्न सकेको छैन । नियामक निकाय नेपाल धितोपत्र बोर्ड आम लगानीकर्ताको हितलाई ध्यानमा राखेर बजार सुधारको पहल गरिरहेको छ । लगानीकर्ताको हित भए मात्र बजारको हित हुने भन्दै बोर्डका अध्यक्ष हमालले लगानीकर्ता मैत्री नीतिमा विशेष जोड दिइरहेका छन् ।

उनकै पहलमा अब मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कम्पनीहरूको शेयर कारोबार बढीमा १५ दिन रोकिने व्यवस्था लागू भएको छ । यो व्यवस्था लागू भएसँगै हाल रोक्का रहेका दुई दर्जनभन्दा बढी कम्पनीको शेयर कारोबार सिमित अवधिपछि फुुकुवा हुने भएको छ । देशव्यापी रुपमा ब्रोकर सेवा विस्तारका लागि पनि बोर्डले पहल गरिरहेको छ । बोर्डले प्रस्ताव गरेको नयाँ ब्रोकर लाईसेन्सको विषय मन्त्रिपरिषदसम्म पुगेको छ । धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाईसेन्सको विषय मन्त्रिपरिषदबाट पारित भए आगामी दिनमा ब्रोकर सेवा विस्तार देशव्यापी रुपमा हुने पनि बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले लगानीयोग्य पूँजीको अभाब कायम रहँदा पनि ब्याजदर बृद्धि नगर्नु धितोपत्र दोस्रो बजारका लागि सकारात्मक कदम हो तर यो विषयले पनि पछिल्लो समय लगानीकर्ता उत्साहित नबनेको अवस्था छ । जानकार लगानीकर्ता अब कम्पनीहरूको लाभांश प्रस्ताव सार्वजनिक हुन सुरु गरेपछि बजारले केहि गति लिने विश्वास व्यक्त गर्छन् । यो वर्ष कम्पनीहरूको वित्तीय विवरण हेर्दा लगानीकर्ताको मनोबल बढ्ने गरी लाभांश प्रस्ताव गर्ने आशा लगानीकर्ताहरूको छ ।

अन्य समूहका लगानीकर्ताले सर्वाधिक गुमाए 
यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू गत साताको तुलनामा घटका छन् । यी मध्ये पनि सर्वाधिक अन्य समूहको उपसूचक ७ दशमलव शून्य १ प्रतिशत घटेको छ । उपसूचक घटेको आधारमा यो साता अन्य समूहका लगानीकर्तांहरूले सर्वाधिक गुमाएको देखिन्छ । 

अन्य समूहसँगै यो साता वित्त समूहको ५ दशमलव ८१ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव ९१ प्रतिशत, जलविद्युत समूहको ४ दशमलव ८१ प्रतिशत, लगानी समूहको ३ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५५ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ४४ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव शून्य ९ प्रतिशतले उपसूचक घटेको छ ।

त्यसैगरी व्यापारिक समूहको ३ दशमलव शून्य ४ प्रतिशत, होटल तथा पर्यटन समूहको २ दशमलव ९० प्रतिशत, बैंकिङ्ग समूहको २ दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव १५ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ८१ प्रतिशत उपसूचक घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)