ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिर्मिरे लघुवित्तद्वारा कर्जा गुणस्तर नियन्त्रण सम्वन्धी तालिम आयोजना

२०७९ साउन, २८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, काठमाडौं । मिर्मिरे लघुवित्तद्वारा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले हालै दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालन सम्वन्धी तालिम आयोजना गरेको छ ।

रौतहटको चन्द्रपुरमा मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुका लागि आयोजित चरणबद्ध आवासीय तालिम कार्यक्रमको उद्घाटन कम्पनीका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराले गरेका थिए ।

मधेश प्रदेशका प्रादेशिक प्रमुख प्रमुख रामकिशोर चौधरीले सञ्चालन गरेको उक्त तालिममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले सहजीकरण गरेका थिए  । लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जाजोखिमसँगै कार्य सञ्चालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय समयमा थपज्ञान शिपको बिकास प्रबर्द्धन गर्नु पर्ने कुरामा जोड दिइएको थियो । 

तालिम कार्यक्रममा स्वागत मन्तब्य प्रादेशिक उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्रीले गरेका थिए । कलैया शाखाका शाखा प्रमुख बम बहादुर चौधरीले कार्य सञ्चालन सम्बन्धमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा कम्पनीको मधेश प्रदेशका २५ ओटा शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारीहरु एवम् सहजकर्ता समेत गरि करीब १०० जना सहभागि थिए । कम्पनीमा करीब ७५० जना कर्मचारी कार्यरत छन् भने १४८ ओटा शाखा संजालमार्फत  करीब १  लाख ३५ हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको  छ ।

कम्पनीले यसअघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको पनि बताएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)