ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार पाँच दिन घटेको बजारमा छैटौं दिन ५५.८८ अंक वृद्धि, वित्त र विकास बैंकमा लगानीकर्ताको आकर्षण

२०७९ साउन, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन ३०, काठमाडौं । लगातार पाँच दिन घटेको नेप्से परिसूचक सोमवार भने ५५ दशमलव ८८ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका २१५ धितोपत्रको ६० लाख २६ हजार १९२ कित्ता शेयर ४२ हजार ८९७ पटकमा रू. २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ बराबर खरीदविक्री भएको छ ।

नेप्से परिसूचक बढ्दा लगानीकर्ताको आकर्षण वित्त र विकास बैंक समूहका कम्पनीमा परेको छ । यसो त लगातार घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य निकै नै तल आएकाले पनि खरीदकर्ता आकर्षित भएका हुन् ।

बैंकहरूले भदौमा ब्याजदर नबढाउने निर्णय गरेका छन् । त्यसैले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । लाभांशको सिजन शुरू हुन थालेको छ भने हालसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरू नाफामै छन् । यसले गर्दा पनि अब बजारमा विस्तारै खरीदकर्ता आकर्षित हुने  देखिन्छ  । 

कारोबारमा आएका २१५ मध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स र राधी विद्युत कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशतका दरले वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । 
त्यसैगरी सबैभन्दा बढी रिडी पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ६३७ दशमलव ८० मा झरेको छ ।

साेमबार सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको रू. २१ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९२ कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. १२ करोड ५५ लाख बराबर छ । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक ७ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)