ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास हुनुपर्छ : मन्त्री श्रेष्ठ

२०७९ साउन, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् ।  

सोमवार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री श्रेष्ठले नेपाललाई वर्षभर नै पर्यटकहरू आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । यसका लागि नेपाल वर्षभर नै खुला छ भन्ने प्रचार गरिनुपर्ने उनको भनाइ छ । 

उनले विदेशमा रहेका हरेक नेपालीहरूले कम्तीमा एक जना विदेशीलाई ‘नेपाल घुम्न जाऔं’ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको बताए । सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धनमा अघि बढिरहेको उनले जानकारी दिए । उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । 

उनले स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीच व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरूमा असर नपर्ने गरेर विकासका काम अघि बढाउनुपर्नेमा जोड दिए । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement