ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

निर्वाचन सुरक्षा योजनाबारे छलफल शुरू

२०७९ साउन, ३०  
समाचार
Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

साउन ३०, काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल शुरू गरेको छ । सोमवार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल शुरू भएको हो । 

चार ओटै सुरक्षा निकायका प्रमुखहरूसहित बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षा तयारीबारे प्रारम्भिक छलफल शुरू गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो निर्वाचनमा आवश्यक जनशक्ति र चुनौतीलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको बताए । 

केन्द्रीय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरू रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौती र त्यसलाई सामना गर्ने उपायहरूबारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताए । 

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरू सहभागी थिए । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement