ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय खर्च बढ्दा अपर तामाकोशीको खुद नोक्सानी बढ्यो 

२०७९ साउन, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन ३१, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्षको सोही अवधि सम्मको तुलनामा कम्पनीको खुद नोक्सानी बढेको छ ।

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी रू. ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानी थियो । गत वर्ष रू. ७ अर्ब १७ करोडभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरे पनि कम्पनीको वित्तीय खर्च उल्लेख्य बढेकाले नोक्सानी बढेको हो ।

अघिल्लो वर्ष रू. १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत वर्ष रू. ५ अर्ब ६२ करोडभन्दा बढी खर्च भएको हो । चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. २ अर्ब ७१ करोडभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा र अल्पकालीन कर्जा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष बढेको छ ।

अघिल्लो वर्ष रू. ४० अर्ब ५८ करोडभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत वर्ष रू. ७३ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ । त्यस्तै अघिल्लो वर्ष रू. ३ अर्ब ८० करोड रहेको अल्पकालीन कर्जा गत वर्ष रू. ५ अर्ब ६३ करोडभन्दा बढी छ ।

वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६९ ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३३ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)