भदौ ३, काठमाडौं । गत आर्थिक वर्षमा सोल्टी होटल लिमिटेडले रू. ३० करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा रू. २२ करोड ४९ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत आवमा भने खुद नाफा गर्न सफल भएको हो । गत आवमा कम्पनीको कुल आम्दानी २०२ प्रतिशत बढी भएकाले खुद नाफा गर्न सफल भएको हो ।
अघिल्लो आवमा रू. ४५ करोड ३९ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत आवमा रू. १ अर्ब ३७ करोडभन्दा बढी कुल आम्दानी गरेको हो । कम्पनीको कुल खर्च पनि अघिल्लो आवभन्दा ६७ दशमलव ९४ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ५ करोड भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार छ । रिटेन्ड अर्निङ रकम अघिल्लो आवभन्दा ५१ प्रतिशत बढी रू. ८९ करोड १२ लाख ९५ हजार रहेको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५८ र प्रतिशेयर नेटवर्थ रू. २० दशमलव ५८ छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्