ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कारोबारभन्दा कित्ताकाटको तथ्यांकले आत्तिए घरजग्गा व्यवसायी, लाखमा हुने कित्ताकाट हजारमा सीमित !

२०७९ भदौ, ३  
समाचार घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ३, काठमाडौं । सरकारले भूउपयोग वर्गीकरण नगरी जग्गाको कित्ताकाट गर्न रोक लगाएपछि साउनमा कित्ताकाटको संख्या दशकयताकै कम भएको पाइएको छ ।

विगतमा सरकारले कित्ताकाटमा रोक लगाउँदा पनि अनेक चोरबाटो समातेर मासिक लाखौं कित्ता जग्गा टुक्रा पारिएका थिए । तर, अहिले बजारमा जग्गाको माग पनि नभएको र सरकारले चोरबाटो पनि बन्द गरिदिएपछि कित्ताकाटको संख्या ह्वात्तै घटेको छ ।

सम्भवत: साउनमा पछिल्लो दशकयताकै सबैभन्दा कम कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका पुराना कर्मचारीहरू बताउँछन् ।

भूउपयोग नियमावली जारी हुनुअघि गत जेठमा १ लाख २२ हजार बढी कित्ताकाट भएका थिए । सरकारले जेठ २४ गतेदेखि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि असारमा ३७ हजार २६८ ओटा मात्रै कित्ताकाट भएका थिए ।

साउनमा भने कित्ताकाटको संख्या पछिल्लो दशकयताकै सबैभन्दा कम १५ हजार ३०५ मा सीमित भएको छ ।

जेठमा ५१ हजार ८३७ कित्ता जग्गा टुक्र्याएर १ लाख २२ हजार ८०४ कित्ता कायम भएका थिए । असारमा १६ हजार ५९९ कित्ता जग्गा टुक्र्याएर ३७ हजार २६८ कित्ता कायम भएका थिए । साउनमा भने ८ हजार ७८५ कित्ता जग्गा टुक्र्याएर १५ हजार ३०५ कित्ता कायम भएका छन् ।

विगतमा एकै महीनामा १ लाख ५० हजार हाराहारी कित्ताकाट हुने गरेकोमा साउनमा भएको १५ हजार कित्ताकाट निकै नै कम हो । कोभिड महामारी र कृषियोग्य जग्गाको कित्ताकाटमा रोक लगाइएको वर्ष २०७४ सालको भन्दा यो संख्या निकै कम भएको विभागका कर्मचारीहरू बताउँछन् ।

दुई कार्यालयमा मात्रै हजारभन्दा बढी कित्ताकाट 

साउनमा १२६ ओटा मालपोत कार्यालयमध्ये दुईओटा मालपोत कार्यालयमा मात्रै हजारभन्दा बढी कित्ताकाट भएका छन् । मालपोत कार्यालय, घोराही (दाङ) र नेपालगञ्ज (बाँके) बाट मात्रै हजारभन्दा बढी कित्ताकाट भएका हुन् ।

विगतमा एउटै कार्यालयबाट ४/५ हजारसम्म पनि कित्ताकाट हुने गरेका थिए, जसमा दमक, विराटनगर, धरान, जनकपुर, वीरगंज, भरतपुर, बुटवल, घोराही, नेपालगञ्ज र धनगढी लगायतका शहर अग्रपंक्तिमा आउने गरेका थिए ।

अहिले भने घोराहीबाट २ हजार ८९५ र नेपालगञ्जबाट १ हजार ५६० कित्ताकाट हुनुबाहेक कुनै पनि कार्यालयबाट हजारभन्दा बढी कित्ताकाट नभएको विभागको तथ्यांक छ ।

१२६ कार्यालयमध्ये २६ ओटा कार्यालयबाट १०० भन्दा बढी कित्ताकाट भएका छन् । १०० मालपोत कार्यालयअन्तर्गत भने १०० भन्दा कम मात्रै कित्ताकाट भएको पाइएको छ ।

धेरै कित्ताकाट भएका कार्यालय मध्ये बुटवल, धनगढी, टिकापुर, अर्घाखाँची, पोखरा, वीरगंज, साँखु, चाबहिल र भक्तपुर मालपोत कार्यालयअन्तर्गत ५०० देखि ९०० सम्म कित्ताकाट भएका छन् ।  

साउनमा ३३ हजार ८०० घरजग्गा किनबेच भई २ अर्ब ७३ करोड रूपैयाँ राजस्व संकलन भएको छ, जुन पछिल्लो दुई वर्षयताकै सबैभन्दा कम कारोबार हो ।

यो पनि पढ्नुस्-

महामन्दीको बाटोमा घरजग्गा क्षेत्र, दुई वर्षयताकै खराब अवस्था !

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [1]
User Image

Bisheshwar ray

[Aug 21, 2022 04:33am]

Kita Kat kholdinu parne ho kin ki arthik bandix ahile sabvanda pahile bargikarn garnu parnethiyo tyaspaxi roknuparthiyo



   

Nepali PatroRiddhi Siddhi Cement