ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दशैंमा नयाँ नोट बाँड्न रोकौं

२०७९ भदौ, १०  
पाठक विचार
Jagdamba Supershine NA

नेपाल राष्ट्र बैंकको नीति पनि गज्जब छ । एकातिर डिजिटल मुद्रा निकाल्ने तयारी गर्छ भने अर्कातिर दशैंमा नयाँ नोट ल्याएर मानिसलाई नयाँ नोटप्रतिको मोह बढाइदिन्छ । दशैंमा नयाँ नोट चाहिन्छ भन्ने कुनै परम्परा छैन । यो केही पहुँचवालाहरूले नयाँ नोट दिएर शान देखाउने परिपाटी भित्रिएको केही दशक पनि भएको छैन । यस बेला नयाँ नोट जारी गर्दा त्यो चाँडै नै बिग्रन्छ भन्ने राष्ट्र बैंकलाई राम्रै थाहा छ । टीका लागेर प्रायः नोट बिग्रन्छ तर त्यही बेलाका लागि भनेर नयाँ नोट किन ल्याइन्छ ? के नयाँ नोट नभए दशैं नै हुँदैन ?

यसपटक पनि दशैंका लागि नयाँ नोट भदौको तेस्रो साताबाट साटिदिने तयारी राष्ट्र बैंकको छ । नयाँ नोटहरू भदौ २० गतेसम्म राष्ट्र बैंकमा आउँछ, त्यसपछि सम्बद्ध विभागबाट स्वीकृति लिएर १–२ दिनभित्रै राष्ट्र बैंकका सबै कार्यालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने व्यवस्था गरिने राष्ट्र बैंकको भनाइ छ । यसपालि पनि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था मिलाउने र प्रतिव्यक्ति कुल १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरिने राष्ट बैंकको भनाइ छ । अब यसरी नयाँ नोट चाँडै बिग्रने समयमा नै नयाँ नोट बजार पठाउने राष्ट्र बैंकको नारा भने डिजिटल मुद्रा रहेको छ । वास्तवमा चाडपर्वमा दक्षिणा दिँदा पनि डिजिटल ट्रान्सफरलाई प्राथमिकता दिनु उचित हुन्छ । नयाँ नोट खराब हुँदा छपाइबापतको खर्च खेर जान्छ । त्यो खर्च बराबर उपभोक्तालाई छूट दिने हो भने डिजिटल दक्षिणा नै राम्रो हुनेछ । डिजिटल भुक्तानीमा छूट दिँदा कोरोना कालमा यसको प्रयोग व्यापक भएको थियो जुन पछि घटेको पाइन्छ । नोट छपाइका लागि नै विदेशी मुद्रा बाहिरिन्छ । त्यसलाई रोक्न पनि डिजिटल कारोबार बढाउनुपर्छ । त्यसलाई शुल्कमा छूट दिँदा पनि मुुुलुकलाई फाइदा नै हुने भएकाले यसतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्छ र दशैंमा नयाँ नोट बाँड्ने चलन रोक्नुपर्छ ।

मोहन अधिकारी
कलंकी, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)