ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बिग मर्जरले त्रास

२०७९ भदौ, १०  
पाठक विचार
NA

नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन त गर्‍यो तर ठूला बैंक असफल भए त्यो अर्थतन्त्रले धान्न सक्दैन भन्नेमा भने उसको ध्यान नगएको देखिन्छ ।

बिग मर्जरका कारण ठूला बैंकमा निक्षेप तथा कर्जाको अंश बढी हुन्छ । एउटै बैंकको बजार अंश बढी हुन्छ । यसले बैंकमात्रै होइन, अर्थतन्त्र नै ठूलो जोखिमतर्फ उन्मुख हुने देखिन्छ ।

राष्ट्र बैंकको ध्यान बैंकको संख्या घटाउनेमा मात्र केन्द्रित भएको छ । यसले सिस्टममा ल्याउन सक्ने समस्याबारे भने ध्यान दिएको छैन ।

नेपालमा विगत ६ वर्षमा वाणिज्य बैंकहरूको आकार निकै बढेको छ । बासलातको आकार २ सय प्रतिशतसम्म बढेको छ । त्यसैले अत्यधिक रूपमा कर्जा बढाउने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक छ ।

सन् २००८ को वित्तीय संकटपछि ठूला बैंकलाई छुट्टै तरीकाले नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने अवधारणा विकसित भएको छ । सन् २००८ मा अमेरिकामा ठूला बैंकहरू डुबेपछि विश्वमा आर्थिक मन्दी आएको थियो । यस्तो अवस्था आएमा नेपालले समस्या समाधान गर्न निकै कठिन हुन सक्छ ।

विश्व सिग्देल
गोकर्ण, काठमाडौं ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement