नेपालमा राजनीतिक विवाद अन्तहीन शृंखला बन्ने देखिन्छ । संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएपछि संसदले जस्ताको तस्तै पारित गरेको छ । राष्ट्रपतिको सम्मानका लागि मात्रै भए पनि त्यसबारे बहस गरेको भए राम्रो हुन्थ्यो । तर त्यसो भएन ।
नागरिकता विधेयकबारे देश विभाजित भएको छ । एकथरी पाँच लाख नागरिक नागरिकताविहीन बन्नु परेको तर्क दिन्छन् भने अर्काथरी नागरिकताको सहज प्रावधानले मुलुकको अस्तित्व संकटमा आउने बताउँछन् । यो विवाद निकै चर्को छ । यस्तो विवादमा मुलुक फस्नु हुँदैन । सबै दल मिलेर भोटको राजनीतिभन्दा पनि मुलुकको आवश्यकता हेरेर निर्णय लिनुपर्छ ।
मोहन गौतम
कपन, काठमाडौं ।