ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

शुक्रवारको कारोबार अनावश्यक

२०७९ भदौ, १०  
पाठक विचार
NA

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आइतवार बिदा दिन थालेपछि शुक्रवार पनि शेयर कारोबार खुला गरेको थियो । अहिले सरकारले आइतवार बिदा काटिसकेको छ । तर, शुक्रवारको कारोबार भने रोकिएको छैन ।

बढी समय बजार खुल्दैमा शेयरबजार राम्रो हुने होइन । पहिला हप्ताको ५ दिन दैनिक ३ घण्टामात्रै कारोबार सञ्चालन हुँदा पनि नेप्से राम्रै चलेको थियो । पछि यसको समय बढाइयो । अहिले अनलाइन कारोबार शुरू भएपछि त्यही ३ घण्टा नै पर्याप्त थियो । किनबेचको निर्णय गर्नेहरूलाई त्यो समय पर्याप्त हो । बढी समय हुँदैमा नेप्सेको कारोबार बढ्ने होइन । त्यसैले हप्ताको ६ दिन नेप्से कारोबार गर्नु उपयुक्त छैन । यसमा सुधार आवश्यक छ ।

अन्तरराष्ट्रिय कानूनअनुसार पनि विश्वमा ५ दिन मात्रै शेयर कारोबार हुने गरेको छ । त्यो नियमलाई पछ्याउनु उपयुक्त हुन्छ । धेरै समय बजार खोल्दैमा नेप्से राम्रो हुने भए त दिनभरि खुला गरे पनि भयो । अनलाइन कारोबार भइहाल्छ, बेलुकी पनि बजार खोले भइहाल्यो नि । अतः नेप्सेले तत्कालै शुक्रवारको कारोबार बन्द गरोस् ।

सनम कार्की
मण्डिखाटार, काठमाडौं ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement