ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अवैध संरचना भत्काउ अभियान

२०७९ भदौ, १०  
पाठक विचार
NA

काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्मी शैलीमा अवैध संरचना भत्काउँदै हिँडेका छन् । बुधवार काठमाडौं मललगायत क्षेत्रमा त्यस्ता संरचना डोजर लगाएर भत्काएका बालेन बिहीवार भने बानेश्वर क्षेत्रमा खटिए । तर, उनको कामलाई लिएर पक्ष र विपक्ष देखिएका छन् । धेरैको भनाइमा उनको काम ठीक छ ।

राजनीतिक दल र शक्तिको आडमा अवैध संरचना बनाउने काम काठमाडौंमा निकै भएको छ । यस्तो अवैध संरचना हटाउन अदालती आदेशले अवरोध गर्ने गरेको छ । अर्थात् शक्तिको आडमा नियम मिच्ने प्रवृत्ति पाइन्छ । विकास हुनका लागि सुशासन चाहिन्छ । त्यो भनेको नियमको पालना हो । मेयर बालेनले यो नियम पालनालाई सही ढंगले अघि बढाए भने आइन्दा नियम मिचेर यस्तो संरचना बनाउने परिपाटी अन्त्य हुनेछ र कानून कार्यान्वयन पनि हुने रहेछ भन्ने सन्देश जानेछ ।

केहीको विचारमा भने बालेन शाहको काम परिपक्व छैन । अवैध संरचना भत्काउन समय दिने, जरीवाना तिराउनेलगायत विकल्प अपनाउनुपर्ने भनाइ छ । खासगरी यस्तो अवैध संरचनामा व्यवसाय गरिरहेकाहरू समस्यामा परेका छन् । उनीहरूको यसमा दोष नभए पनि अकस्मात् डोजर चलाउँदा उनीहरूको क्षति भएको छ । यस्तो क्षति हुन नदिने गरी अवैध संरचना हटाउनु बढी बुद्धिमानी हुन्छ ।

अवैध संरचना बनाएर त्यसबाट थुप्रै कमाइ गरिसकेका छन् । त्यसरी अवैध संरचना बनाई कमाइ गरेकाहरूलाई त्यो पैसा पनि तिराउन पाए आइन्दा यस्तो काम गर्न मानिसहरू अघि बढ्ने थिएनन् ।

दिनेश श्रेष्ठ
नयाँ बजार, काठमाडौं ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement