ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मालपोत कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने भनेपनि धमाधम नयाँ कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठ

२०७९ भदौ, १५  
समाचार घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १५, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले धमाधम नयाँ मालपोत कार्यालयहरूको उद्घाटन गरिरहेकी छिन् ।

केही दिन अघि बाँकेको कोहलपुरमा नयाँ मालपोत कार्यालयको उद्घाटन गरेकी श्रेष्ठले बुधवार बाराको सिम्रौनगढमा स्थापना गरिएको मालपोत कार्यालयको उद्घाटन गरेकी छिन् ।

भूउपयोग नियमावली जारी गरेपछि अहिले घरजग्गा कारोबार ठप्प जस्तै भएको छ । आर्थिक मन्दीका कारण विगतदेखि नै मन्दीमा गएको घरजग्गा क्षेत्र भूउपयोग नियमावली पछि झनै संकटमा गएको छ । तर, मन्त्री ङेष्ठ भने धमाधम नयाँ मालपोत कार्यालय उद्घाटन गरिरहेकी छिन् ।

सरकारले एकातिर मालपोत कार्यालयको अधिकार स्थानीय तहलाई दिने तयारी गरेको छ भने अर्को तिर नयाँ मालपोत कार्यालय उद्घाटन गरिरहेको छ ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न नागरिक पनि सचेत बन्नु पर्ने भन्दै मन्त्रालयले जग्गा प्रशासनमा सुशासन स्थापनाका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् । 

उनले नापी र मालपोत कार्यालय सिधै जनतासँग जोडिने कार्यालय भएकाले थप ४ वटा नापी र मालपोत कर्यालय स्थापना गर्ने निर्णय भई २ वटा स्थापना गरिसकेको र २ वटा निकट भविष्यमा नै गर्ने जानकारी दिइन् । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement