ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ का इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

२०७९ भदौ, १७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

भदौ १७, काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरेको हो ।

यी दुई फण्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा भदौ १५ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन सुरु गरेको हो । सिद्धार्थ इक्वीटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशतका दरले प्रतिफल जम्मा गरिदिएको हो ।

साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीले हितग्राही खाता रहेको निक्षेप सदस्यमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई आफ्नो प्रतिफल प्राप्त गर्न सक्नेछन् । योजना ब्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)