ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

होन्डाको लक्जरी सेडान अमेजका रेकर्डै रेकर्ड ! '५ लाख कार विक्री भइसके, माग रोकिने छाँटै छैन'

२०७९ भदौ, २३  
समाचार यातायात
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं। होन्डाको लक्जरी कार सेडान अमेजले भारतमा नयाँ रेकर्ड कायम गरेको छ । यो कारले ५ लाख युनिट कार विक्री गरिसकेको जनाईएको छ । भारतीय बजारमा यो कारको विक्री यात्रा सन् २०१३ बाट शुरू भएको थियो ।

५ लाखले यो कार किनेका छन् । अझै पनि यसको माग रोकिने नामै छैन । होन्डाको घट्दो विक्रीलाई यो कारले भने सहज बनउँदै आएको छ । गत महीनाको वार्षिक वृद्धिदरमा पनि कम्पनीले घाटा बेहोरेको छ । तर यो कारको मागमा भने कुनै कमी नआएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

होन्डा अमेज मोडल दोस्रो पुस्ताको कार हो । यसमा बोल्ड डिजाइन र उत्कृष्ट सुविधाहरू भएको ठूलो क्याविन राखिएको छ । भारतमा अमेजको प्रारम्भिक मूल्य ६ लाख ६२ हजार भारतीय रुपँया रहेको छ । जबकि यसको नयाँ पुस्ताको मोडल भारतमा २०१८ मा मात्रै लन्च गरिएको थियो  । यी दुवै मोडलको भारतीय बजारमा २०२१ को अन्त्यसम्म ४.६ लाख युनिट विक्री भएको थियो । नयाँ जेनेरेसन होन्डा अमेजले २ लाख युनिट विक्रीको अंक पार गरेको छ । सन् २०२२ को अगष्ट सम्ममा होन्डा अमेजले ५ लाख युनिटको आँकडा पार गरिसकेको छ । 

के छन् होन्डा अमेजका विशेषता 

नयाँ अमेजको पावरट्रेनमा १.२ लिटरको आई-भीटीईसी  पेट्रोल इन्जिन रहेको छ, जसले ९० बीएचपी र ११० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको आई-डीटीईसी डिजेल इन्जिनले १०० वीएचपी पावर र २०० एनएम टर्क उत्पन्न गर्दछ । यसमा एकैपटक म्यानुअल गियरबक्स र सीभीटी  गियरबक्स छनोटको सुविधा हुनुका साथै अमेजमा ट्रान्समिशन विकल्पहरू पनि रहेका छन् ।

अमेज ई, एस, भी र भीएक्स  गरी चार भेरियन्टमा उपलब्ध छ । डिजाइनको सन्दर्भमा, अमेजले एलईडी प्रोजेक्टर हेडल्याम्प, ट्वीक फ्रन्ट ग्रील र क्रोम वरपरको साथ एक संशोधित फ्रन्ट बम्पर प्राप्त गर्दछ । यस बाहेक यस कारमा प्रकाशको लागि एलईडी हेडल्याम्प, फ्रन्ट फग लाइट र सी-सेप एलईडी टेललाइट जस्ता सुविधाहरू उपलब्ध छन्।

यसलाई प्लेटिनम ह्वाइट पर्ल, गोल्डेन ब्राउन मेटालिक, लुनार सिल्भर, आधुनिक स्टिल मेटालिक र मेटालिक रेडियन्ट रेड गरी पाँच रङमा किन्न सकिन्छ।

यसको म्यानुअल गियरबक्सले २४.७ किलोमिटर/प्रतिलिटर  र सीभीटी  गियरबक्सले २१ किलोमिटर/प्रतिलिटर माइलेज दिन्छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement