ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पवन प्रकृति इंग्लिस सेकेण्डरी स्कुलद्वारा एसईईमा उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीहरू सम्मानित

२०७९ भदौ, २५  
समाचार शिक्षा
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-५ अवस्थित  पवन प्रकृति इंग्लिस सेकेण्डरी स्कुलले एसईई २०७८ परीक्षामा उत्कृष्ट नतिजा  हासिल गरेका विद्यार्थीहरूलाई  सम्मान गरेको छ । 

शनिवार आयोजित एक समारोहमा स्कुलले एसईईमा फोर जीपीए ल्याउन सफल भएका रोशन ज्ञवालीलाई नगद ५० हजारसहित सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले जिल्लामा संस्थागत विद्यालयले पुर्‍याएको अहम् भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाको तर्फबाट रचनात्मक तरिकाले सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले शिक्षाको श्रीवृद्धिमा अहं भूमिका निर्वाह गरेको विद्यालयले आगामी दिनमा पनि यस्तै सराहनीय काम गरोस् भन्दै शुभाकामना समेत दिइन् । 

त्यसैगरी विद्यालयका प्रिन्सिपल उत्तरकुमार राईले देशमा समृद्धिको मुख्य आवश्यकता रहेको बताउँदै यसको परिपूर्ति शिक्षाबाट मात्रै सम्भव हुने बताए । शिक्षाको विकासमा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए । अभिभावक, समाजसेवी, छात्रछात्रा सहभागी उक्त कार्यक्रममा विविध कार्यक्रम सहित विद्यार्थीहरूले नृत्य पनि प्रस्तुत गरी सबैलाई मनोरञ्जन दिलाएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)