ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने

२०७९ भदौ, २६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौ । नेपाल प्रहरीले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी माग गरेको छ ।

प्रहरीले  १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो  । करीब ४० दिन काम गर्नका लागि आवेदन खुला गरेको र उनीहरुले करीब ५० हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता पाउने छन् । ईच्छुक नेपाली नागरिकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

प्रहरी प्रधान कार्यालय नक्शालले आइतवार सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

 


Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement