ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

वीरगञ्जका युवा उद्यमीहरूको संस्था 'राउण्ड टेबलको' जुम्बा नृत्य

२०७९ भदौ, २७  
विविध स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, वीरगञ्ज । सामाजिक सेवाको क्षेत्रमा सक्रिय हुने अभिप्रायले वीरगञ्जका युवा उद्यमीहरू आवद्ध संस्था राउण्ड टेबल–८ ले शारीरिक सुस्वास्थ्य र व्यक्तित्व विकासका कार्यक्रम आयोजना गरेको छ । 

वीरगञ्जमा भएको कार्यक्रमअन्तर्गत पहिलो पटक शारीरिक सुगठनका लागि जुम्बा नृत्य आयोजना गरेको राउण्ड टेबलका अध्यक्ष मनिष लाठले बताए । 

राउण्ड टेबलले वीरगञ्जमा पहिलो पटक गरेको सो कार्यक्रममा ५० जनाभन्दा बढी सहभागी भएको उनले जानकारी दिए । 

नृत्यको माध्यमबाट गरिने यो शारीरिक व्यायामबाट मुटुको स्वास्थ्य राम्रो हुने आयोजक संस्थाले बताएको छ ।

यस्ता कार्यक्रमहरूमा माध्यमबाट युवाहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास अध्यक्ष लाठको छ । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement