ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

करमा अस्थिरता किन ?

२०७९ भदौ, २८  
पाठक विचार
NA

करविना राज्य सञ्चालन हुन सक्दैन । त्यसैले सरकारले विभिन्न तरीकाले कर उठाइरहेको हुन्छ । करमा पारदर्शिता चाहिन्छ तर नेपालमा त्यसो हुन सकेको छैन । हरेक राज्यको कर नीति परिभाषित हुन्छ र हुनुपर्छ । तर, नेपाल करनीति के हो त ? भन्ने विषयमा स्पष्ट दीर्घकालीन सोचको अभाव देखिन्छ । हरेक वर्षका विधेयकमार्फत नीतिहरू परिवर्तन हुन्छन् । यसले गर्दा कर प्रशासन र करदाता हैरान छन् ।

कर प्रशासन जति सहज हुन्छ त्यति कर बढी उठ्छ । त्यसैले कर प्रशासन सुधारका लागि राष्ट्रव्यापी रूपमा आवाज उठाउनुपर्ने देखिन्छ । निर्वाचनका समयमा प्रमुख एजेन्डाका रूपमा करनीतिलाई बहसमा ल्याउनुपर्छ । कर नीति वैज्ञानिक, व्यावहारिक, प्रगतिशील र आधुनिक बनाउन आवश्यक काम सरकारले गर्नैपर्छ । हरेक वर्ष आउने आर्थिक ऐनहरूले मूल ऐनहरूलाई परिमार्जन गरी उन्नत बनाउन खोजे पनि राजनीतिक स्वार्थकेन्द्रित नाजायज परिवर्तनले ऐनका कतिपय प्रावधानलाई गन्जागोल बनाएका छन् । करदाता, व्यवसायी, उद्यमी एवम् स्वयम् करका कर्मचारी कर प्रशासन दक्ष र प्रभावकारी भएको अनुभूति गर्दैनन् । डुइङ बिजनेश रिपोर्टले पनि नेपालको कर प्रशासन ठीक छैन भन्ने प्रतिवेदन दिएको छ । कर प्रशासनको कर संकलनमा भूमिका अत्यन्तै कमजोर छ । एक अध्ययनका अनुसार कुल संकलित राजस्वमध्ये ९७ प्रतिशत राजस्व स्वयंकर प्रणालीबाट संकलन भएको देखिन्छ । झन्झटिलो कर प्रशासनका कारण कर संकलन लागत र करदाताको कर बुझाउने लागत पनि उच्च छ । त्यसैले कर प्रशासनमा सुधार जरुरी छ ।

ओम श्रेष्ठ
चाबहिल, काठमाडौं ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement