भदौ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा निवेदन दिएको छ । कम्पनीले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले ७ वर्षसम्मका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृति पाएपछि कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।