ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सवारी आवागमन प्रभावित, वैकल्पिक मार्गको प्रयोग गर्न उपत्यका ट्राफिकको आग्रह

२०७९ भदौ, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान

भदौ २८, काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले मंगलबार एक सूचना जारी गरी विशेष कारणले उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो । कार्यालयका अनुसार मध्याह्नतिर रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार,

भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । -रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)