ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इक्रा नेपालद्वारा जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको रेटिङ पुनर्पुष्टि

२०७९ भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ  २९, काठमाडौं  । इक्रा नेपालले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङलाई पुनर्पुष्टि गरेको छ । 

इक्रा नेपालले जाल्पा सामुदायिक लघुवित्तलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनर्पुष्टि गरेको हो । यसैगरी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङ पनि पुनर्पुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्त्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्रा नेपालले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)