ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

गन्तव्य नयाँ दिल्ली

२०७९ भदौ, ३०  
१० वर्ष अघि
NA

काठमाडौं–नयाँ दिल्ली दैनिक चल्ने बसहरूको संख्या तीन पुग्ने भएको छ । नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी मञ्जुश्री यातायात सेवा समितिले हाल सञ्चालनमा ल्याएका दुई बसलाई बढाएर दैनिक तीनवटा बनाउने बताएको हो । समितिले विगत १० वर्षदेखि नेपाल र भारतको राजधानीबाट बस सेवा सञ्चालन गरिरहेको छ ।

सडक मार्गबाट जान चाहने यात्रुहरूका लागि राम्रो विकल्प हुनसक्ने यो सेवाले हाल प्रत्येक दिन दुई बस सञ्चालन गरिरहेको छ । प्रत्येक दिन बेलुका ४ बजे काठमाडौंबाट प्रस्थान गर्छ भने तीन दिनपछि नयाँ दिल्ली पुग्छ । बाटोमा पर्ने मनोरम दृश्यहरूको अवलोकन गर्दै जान सकिने हुनाले यो सेवा यात्रुहरूका माझमा निकै लोकप्रिय भएको समितिले बताएको छ । यात्राका लागि प्रतिव्यक्ति भाडा २ हजार ४ सय रुपैयाँ लाग्छ । भारतीय पर्यटकहरू नेपाल भित्र्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ । शुरूमा बौद्ध धर्मावलम्बीहरू धार्मिक कार्यका लागि भारत आवतजावत गर्ने गर्दथे । त्यसबेला हवाईमार्गबाहेक नेपालको राजधानीबाट भारतको राजधानीसम्म जाने कुनै पनि सवारीसाधन थिएनन् । सो समयमा समितिले आफ्नै पहलमा सन् २००० देखि बस सञ्चालन गर्न थालेको हो ।  

वर्ष ६ अंक १७ , बुधवार, ६ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement