ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेष्ट फाइनान्सको १७औं शाखा वीरगञ्जमा

२०७९ भदौ, ३०  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । बेष्ट फाइनान्सले वीरगञ्जमा आफ्नो १७औं शाखा सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा सञ्चालनमा ल्याइएको उक्त शाखा मधेश प्रदेशमा कम्पनीको पहिलो रहेको बताइएको छ । वीरगञ्जको घण्टाघर लिंकरोडमा शाखा सञ्चालनमा ल्याई वित्तीय कारोबार शुरू गरिएको कम्पनीको भनाइ छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा वीरगञ्जका व्यवसायी, उद्योगी, सामाजिक अगुवा लगायतको उपस्थिति थियो ।

असोज महीनाभित्रै १८औं शाखाको रूपमा सुनसरीको  इटहरीमा शाखा सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ । निकट भविष्यमा सुर्खेत र धनगढीमा पनि शाखा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)