ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अग्रणी शैक्षिक प्रतिष्ठान : गेट कलेज

२०७९ भदौ, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा निजीक्षेत्रबाट करीब डेढ दशकदेखि होटल व्यवस्थापन तथा आतिथ्य (हस्पिटालिटी) शिक्षा प्रदान गर्दै आएको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) नेपालको पर्यटन तथा आतिथ्य शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक प्रतिष्ठानमध्ये एक हो । सन् २००७ देखि नेपालमा अन्तरराष्ट्रिय स्तरको स्वीस सम्बन्धन लिई सञ्चालन हुँदै आएको गेट कलेज सन् २०११ मा ‘मोस्ट इनोभेटिभ ट्रेनिङ प्रोग्राम–२०११’ र ‘द बेस्ट प्रोफेशनल सक्सेस’ फाइनलिस्ट–२०१५ को विधामा पेरिसस्थित वल्र्ड हस्पिटालिटी अवार्डमा अन्तरराष्ट्रिय अवार्ड जित्ने नेपालको पहिलो शैक्षिक प्रतिष्ठान समेत हो ।

आतिथ्य सत्कारमा शताब्दीभन्दा लामो इतिहास भएको स्वीस हस्पिटालिटी निकाय होटलरी स्वीससँगको लामो सहकार्यसँगै  गेट कलेजले सन् २०२१ जनवरीदेखि स्वीट्जरल्यान्डको विश्व प्रसिद्ध इकोल होटेलियर डे लुजान (ईएचएल)अन्तर्गत प्रामाणिक विद्यालयहरूको सञ्जालको औपचारिक रूपमा सदस्य नेपालमा अन्तरराष्ट्रिय स्तरको आतिथ्य सत्कार शिक्षा प्रदान गर्दै आएको छ ।

गेट कलेजले स्थापनाकालदेखि नै नेपालमा आतिथ्य सत्कार तथा पर्यटन शिक्षाको विकासमा योगदान दिँदै आएको छ । कलेजले विभिन्न शीपमा आधारित, व्यावसायिक (छोटो/लामो) शैक्षिक पाठ्यक्रमका साथै सीटीईभीटी नेपाल र अष्ट्रेलियन सरकारको मान्यता प्राप्त कोर्स टेफ : सर्टिफिकेट थ्री इन कमर्शियल कुकरी लगायत शीपमूलक आवधिक प्रशिक्षणहरू प्रदान गर्दै आएको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement