ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बजाज पल्सरको नयाँ मोडल  एनएस १२५ विएस-६ मोडलको मोटरसाईकल चितवनमा सार्वजनिक हुँदै

२०७९ भदौ, ३१  
समाचार यातायात
Image Not Found

चितवन । बजाज कम्पनीको आधिकारिक बिक्रेता एनएसके मोटर्स भरतपुरले चौबीसकोठीमा एनएस १२५ विएस-६ मोडलको पल्सर मोटर साईकल लन्चिङ्ग गर्ने  भएको छ । 
 शुक्रवार चर्चित गायक प्रमोद खरेल , टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीले संयुक्त रुपमा सार्वजनिक गर्ने भएका हुन्  कम्पनीले बिहिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी देशभर यो मोडलको मोटरसाइकलको विक्री शुभारम्भ गरेसंगै यहाँ पनि लन्चिङ्ग गर्न लागिएको जानकारी दिएको हो । 
कम्पनीका सञ्चालक पदम  कँडेलका अनुसार दशैं, तिहार, छडको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्लोगनका साथ  अफर दिने भएको  छ  जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मुल्यको  २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन । 
अहिलेको आर्थिक मन्दीका कारण सेवाग्राहीको सहजताको लागि यो अफर शुरु गरिएको कंडेलको भनाई छ । बजार कम्पनीका क्षेत्रीय प्रबन्धक विजय कुमार सिंहले मोटरसाइकलको खरीदमा अन्य अफर पनि थपिएको बताए । उनका अनुसार हरेक मोटरसाइकलको खरीदमा सेवाग्राहीले हेल्मेट, लेगार्ड लगायतका एक्सेसोरिज निःशुल्क प्राप्त गर्नेछन । यो मोटरसाइलको माईलेज ज्यादा र स्पोटी लुक्स र फरक रंगमा उपलब्ध  भएकोले पनि छिट्टनै बजार लिने सिंहको भनाई छ । 
यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक , सक २ भल्भ एयर कुल्ड  , पाँच गियर, फ्रन्ट डिस्क ब्रेक , ट्युबलेस टायर लगायतका बिशेषता छन । प्रतिलिटर ६५ किलोमिटर सम्म माइलेज दिने यो मोटरसाइकलको मुल्य २ लाख ७९ हजार ९सय रुपैंया तोकिएको छ । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement