ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दार्जिलिङमा आधाभन्दा धेरै चिया बगान विक्रीमा 

२०७९ भदौ, ३१  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर ।

नयाँ दिल्ली (भारत) । दार्जिलिङमा आधाभन्दा धेरै चिया बगान विक्रीमा राखिएका छन् । अन्तरराष्ट्रिय क्रेताको अनुपस्थितिमा माग घटेपछि झन्डै ३५–४० ओटा बगानहरुलाई बगान सञ्चालनहरुले विक्रीमा राखेका हुन् ।

पछिल्लो समय दार्जिलिङको चिया किन्न यूरोप र जापानबाट क्रेता आउन छाडेका छन् । यी दुई देशबाट उच्च परिमाणमा दार्जिलिङको चिया खरिद हुने गरेको थियो । उत्पादन लागतमा भएको वृद्धिका कारण पनि बगान चलाइराख्न नसकेर पनि विक्रीका लागि राखिएका छन् । उद्योगमा तरलता संकट, कामदारको उच्च तलब र विश्व बजारमा चियाको भाउमा आइरहेको कमी लगायत कारणहरूले गर्दा दार्जिलिङका चिया उत्पादकहरूको मुनाफा घटिरहेको छ । 

दार्जिलिङको चियाको मुख्य निर्यात गन्तव्य यूरोप हो । त्यहाँ आर्थिक मन्दीको दबाबका कारण क्रेताहरू आउने क्रम घटेको छ । जापानले भने दार्जिलिङमा हड्तालका कारण चार महीनासम्म चिया उत्पादन बन्द भएपछि सन् २०१७ देखि नै चिया खरिद घटाएको थियो ।

आपूर्तिसम्बन्धी समस्या पुनः बल्झिने हो कि भनेर त्यसयता जापानले विक्री पूर्णरूपमा बढाएको छैन । चिया पयर्टनका लागि स्थानीय घरजग्गा व्यापारीहरूले चिया बगान किनेर प्रतिशत जग्गा रेजोर्ट बनाइरहेका छन् । पश्चिम बंगालले चिया बगानको १५ प्रतिशतजग्गालाई चिया पयर्टनको लागि प्रयोगको अनुमति दिएको छ । दार्जिलिङमा ८७ ओटा चिया बगान छन् । 

वित्तीय संकटमा चिया उद्योग 

अहिले दार्जिलिङको चिया उद्योग संकटको अवस्थामा छ । करीब ४०–५० प्रतिशत बगानहरूले क्रेता खोजिरहेको भारतीय चिया निर्यातकर्ता संघका अध्यक्ष र दार्जिलिङका चिया कृषक अंशुमन कानोरियाले इकोनोमिक्स टाइम्ससँग भनेका थिए । राम्रो पैसा पाए भने उनीहरूले बगान बेच्ने पनि उनले बताए ।

बगान चलाइराख्न कतिपयलाई गाह्रो हुँदै गएको उनको भनाइ छ । धेरै वा ठूला बगान भएकाहरू आफ्नो बगान बेच्न इच्छुक छैनन् । एउटै मात्रै बगान भएकालाई भने अहिले ‘मर्नु न बाँच्नु’ भइरहेको अनि राम्रो मूल्य पाएदेखि तिनीहरूले बगान बेच्ने नाम खुलाउन नचाहेका अर्का बगानधनीले बताए । एक दशकअघि मात्रै दार्जिलिङको चिया बगानले वर्षेनी झन्डै २ करोड १० लाख केजी चिया उत्पादन गर्थे ।

तर, सन् २०२१ मा यो घटेर ६७ लाख केजीमा झर्यो । उत्पादन घटे पनि घरेलु र अन्तरराष्ट्रिय बजारबाट माग भने बढिरहेको छैन । यस्तो अवस्थामा उद्योगसँग ५५ हजार स्थायी कर्मचारीलाई टिकाइराख्ने क्षमता छैन । यसैले पनि ‘मर्नुभन्दा बौलाउनु निको’ ठानेर घाटामा अधिकांशले बगान विक्रीको बोर्ड लगाएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)