काठमाडौं । दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै भोलि (शनिबार) देखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवसायीहरूको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि भोलिदेखि अग्रिम टिकट बुकिङ खोल्ने सम्पूर्ण तयारी पूरा भएको बताए । ‘अग्रिम टिकट बुकिङ भोलिदेखि खुला गरिनेछ,’ उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।
‘बढी भाडा लिएमा सम्पर्क गर्नुस्’
विभागले बढी भाडा लिएमा ट्राफिक प्रहरी, विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कहाँको भाडा कति ?