ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीमा लालपुर्जा माग्दै एक लाखभन्दा बढी निवेदन दर्ता, कुन स्थानीय तहका कति ?

२०७९ असोज, १  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कैलाली । राष्ट्रिय भूमि आयोग, कैलाली जिल्ला समितिमा १ लाख १० हजार ७९६ निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । 

कैलालीका १३ स्थानीय तहमध्ये १० स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दर्ता गराएका जिल्ला समितिका सदस्यसचिव सुदर्शनसिंह धामीले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीले ९३ हजार ५६६, भूमिहीन सुकुम्बासीले ९ हजार ६६४ तथा भूमिहीन दलितले ७ हजार ५६६ निवेदन दर्ता गराएको उनले बताए । 

उनका अनुसार धनगढी उपमहानगरपालिकाका १७ हजार ४५३, गोदावरी नगरपालिकाका १८ हजार ६४, भजनी नगरपालिकाका ९ हजार ३१३ र कैलारी गाउँपालिकाका ६ हजार ८०७ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएका छन् ।

त्यसैगरी घोडाघोडी नगरपालिकाका १३ हजार ५७, लम्कीचुहा नगरपालिकाका १७ हजार ५३३ र गौरीगंगा नगरपालिकाका १२ हजार ३४८ जनाको  निवेदन दर्ता भएको जनाइएको छ । बर्दगोरियाका ६ हजार २९४, जोशीपुर गाउँपालिकाका ४ हजार ४०२ र जानकी गाउँपालिकाका ५ हजार ५२५ जनाको निवेदन दर्ता भएको छ ।

टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाको तथ्यांक नआएको र लगत संकलन भइरहेको जनाइएको छ । आयोगले २०७८ चैत २५ गते धनगढी उपमहानरपालिकाका २२ र यही भदौ ७ गते लम्कीचुहा नगरपालिका बल्चौरका १२४ भूमिहीन दलित परिवारलाई लालपुर्जा पनि वितरण गरिसकेको छ । 

सदस्य सचिव धामीले लगत संकलनको काम जारी रहेकाले अझै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको संख्या बढ्ने बताए । धनगढी उपहानगरपालिका, गोदावरी, भजनी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी पाँच स्थानीय तहमा नाप नक्साको काम भइरहेको छ भने बाँकी पालिकामा प्वाइन्ट कायम गर्ने, लगत संकलन गर्ने, नाप नक्साको तयारी गर्ने काम भइरहेको छ । 

संविधानमा भएको व्यवस्था अनुसार पहिलो प्राथमिकतामा भूमिहीन दलित दोस्रोमा भूमिहीन सुकुम्बासी र तेस्रोमा अव्यवस्थित बसोबासी छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)