ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिक्लेस हाइड्रोपावरको आईपीओ खरीदका लागि आवेदन दिने आइतवार अन्तिम दिन

२०७९ असोज, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने असोज २ गते आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र आईपीओ विक्री गर्न लागेको हो । 

भदौ २९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कम्पनीको आईपीओ खरीदका लागि तेस्रो दिन भदौ ३१ गतेसम्म मागभन्दा १० दशमलव ४३ गुणा आवेदन परेको छ । उक्त दिन कार्यालय अवधिसम्म ९ लाख ७२ हजार ७९३ जना आवेदकहरूबाट रू. १ अर्ब १० करोड ३७ लाख ४६ हजार बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता शेयर खरीद माग भएको छ ।

कम्पनीले कम्पनीले १० लाख ५८ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था छ । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको शेयर सहित सर्वसाधारणमा कर्मचारी समेत गरी कुल ११ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र वेबसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीले कास्की जिल्लामा मढ्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. २ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ८२ लाखभन्दा बढी रहेको छ । 

कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ६५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ८५ करोड कायम हुनेछ । कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म रू. १० करोड ९५ लाख सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ८६ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ८२ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)