ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हात्तीसारमा डाेजर लगाएर टुकुचा खोला खोज्दै महानगर, मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश 

२०७९ असोज, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको काठमाडौं महानगरपालिकाले आइतवार हात्तीसार क्षेत्रमा पनि डाेजर चलाएकाे छ । महानगरपालिकाले खाेला खाेज्न हात्तीसारमा डाेजर चलाएकाे हाे । 

महानगरपाालिकाले जय नेपाल सिनेमा हलमा बनेका र लक्ष्मी बैंकको संरचना उत्खनन् गरी अतिक्रमित टुकुचा खोला पत्ता लगाएकाे थियो । 

यसैबीच, आइतवार उच्च अदालत, पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत, पाटनले यस्ताे अन्तरकालीन आदेश जारी गरेको हाे । अदालतले यही असोज ५ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)