ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ऋण सहकारीको अनुगमन तीव्र

२०७९ असोज, ३  
१० वर्ष अघि
NA

सहकारी विभागले ठूलो कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरूको अनुगमनलाई तीव्र बनाएको छ । ठूला कारोबार गर्ने सहकारी संस्थाहरूले सहकारी सिद्धान्त र ऐननियमविपरीत काम गरिरहेका तथ्यहरू फेला परेकाले अनुगमन तीव्र पारिएको विभागका रजिष्ट्रार सुदर्शन ढकालले बताए । अनुगमन कार्य राष्ट्र बैंकका दुई विज्ञको सहभागितामा विभागले गरिरहेको बताइएको छ ।

आर्थिक वर्ष २०६६/६७ यता पूर्वाञ्चलका ७ र मध्यमाञ्चलका (उपत्यकाबाहिरका) ९ गरी १६ वटा सहकारी संस्थाको अनुगमन सकेर प्रतिवेदन तयार गरिसकिएको बताइएको छ । अहिले काठमाडौं उपत्यकाभित्रका ठूला कारोबार गर्ने तीन बचत तथा ऋण सहकारी संस्थाको अनुगमन कार्य भइरहेको विभागले जानकारी दिएको छ ।

विभागले चालू आवमा कम्तीमा १ सय बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गर्ने बताएको छ । विभागले गत चैत र वैशाखमा काठमाडौं, ललितपुर, पोखरा र काभ्रेका गरी २५ वटा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो । विभागका अनुसार अनुगमन गरिएकामध्ये धेरै सहकारी संस्थाले सहकारीको नियम र कानुनविपरीत कारोबार गरेको पाइएको छ ।

छानबिनका क्रममा कतिपय संस्थाहरूले नियमविपरीत जग्गा खरीदविक्रीमा लगानी गरेको, गैह्रसदस्यहरूलाई ऋण प्रवाह गरेको, सञ्चालक समितिका सदस्यहरूका नातेदार र आफू संलग्न भएको फर्म र कम्पनीमा कर्जा अधिकेन्द्रित गरेको, कर्जाको ब्याज व्यक्ति हरेर हचुवाको भरमा तोक्ने गरेको आदि समस्या पाइएको थियो ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement