काठमाडौं । क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा)को सञ्चालकमा निर्वाचित भएका छन् । चौरासिया सन् २०२२ देखि २०२४ सम्मको दुईवर्षे कार्यकालका लागि विट्साको सञ्चालकमा निर्वाचित भएका हुन् । गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै उनी सो पदमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०१८ देखि २०२० सम्मको कार्यकालमा पनि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा थिए ।