ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिबिआईएल क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज २८ गते

२०७९ असोज, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले १६ औं  वार्षिक साधारणसभा असोज २८ गते गर्ने भएको छ ।

 कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ । 
सभाले आर्थिक वर्ष २०७८/ ७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ  । त्यस्तै, आर्थिक वर्ष २०७९/ ८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ  ।

साधारणसभा प्रयोजनको लागि क्यापिटलले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । यस आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)