ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

उपायकोे ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने 

२०७९ असोज, ५  
विविध
Image Not Found

काठमाडौ। घर सार्ने र ढुवानी गर्ने सेवा दिंदै आएको उपाय र डिजिटल भुक्तानी लगायतको सेवा दिंदै आएको इसेवा बिच ब्यापारीक सहकार्य गर्ने  सम्झौता भएकोछ ।
सम्झौता अनुसार उपायका सेवा इसेवाको एप मार्फत बुक गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा 'घर सराई सेवा' समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सक्नेछन् । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ जनाएको छ । 

अशोज महिना देखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ । साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कम्पनीले विश्वास लिएको छ। 

   

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement