काठमाडौं । नेपालीहरूको महान चाड दशैँको अवसरमा किरानावस्तु किनमेलका लागि अनलाइन केन्द्र निम्बस बजार (Nimbus Bazar) ले 'ग्रोसरी डेलिभरी, दशै भरी' (Grocery Delivery दशैं भरी) अफर घोषणा गरेको छ ।
दशैं तिहार जस्ता चाडपर्वमा नेपालीहरूले धेरै किनमेल गर्नुपर्ने हुँदा दशैंको माहोललाई जीवन्त राख्ने उद्देश्यले यो अफर घोषणा गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
निम्बसको वेबसाईटबाट अनलाइन किनमेलका साथै पुल्चोक र सुनाकोठी स्थित पसल दशैंभरी पनि खुल्ला रहनुका साथै काठमाडौं उपत्यकामा हरेक दिन डेलिभरी सुविधा समेत दिइने कम्पनीले जानकारी दिएको छ ।
यस अफर अन्तर्गत दिइने थप छुटले ग्राहकहरूलाई थप सामान किन्न सहज हुनेछ । चाडपर्वको बेला पाहुना सम्हाल्नेकी सरसामान किन्न जाने भन्ने द्विविधा निम्बसले अन्त्य गर्ने कम्पनीको दाबी छ ।
चाडपर्व तथा दैनिक जीवनमा अत्यावश्यक खाद्यवस्तुहरू घरमै बसेर आरामले किनमेल गर्न सकिने कम्पनीले बताएको छ ।