ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यूयोर्कले हाल्यो डोनाल्ड ट्रम्प, उनको कम्पनी र परिवारमाथि मुद्दा 

२०७९ असोज, ६  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

न्यूयोर्क (अमेरिका) । न्यूयोर्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीको व्यवसायबारे वर्षौंसम्म झुटाे वित्तीय विवरण पेश गरेको र धोकाधडी गरेको आरोपमा न्यूयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले बुधवार ट्रम्प, उनको कम्पनी ट्रम्प अर्गनाइजेशन, उनका तीन बालिग छोराछोरी र अन्य केहीको नाममा मुद्दा दायर गरेको हो । कम्तीमा २५ करोड डलर क्षतिपूर्ति माग्दै हालिएको २०० पृष्ठको सो देवयानी मुद्दा म्यानह्याटन सर्वोच्च अदालतमा दायर भएको छ । 

मुद्दामा न्यूयोर्क रहेको एउटा कम्पनीको अधिकारीको रूपमा ट्रम्प, डोनल्ड ट्रम्प जुनियर, एरिक ट्रम्प र इभान्का ट्रम्पमाथि प्रतिबन्ध लगाउन र ट्रम्पका कम्पनीहरूलाई न्यूयोर्कमा सदाका लागि व्यवसाय गर्न बन्देज लगाउन माग पनि गरिएको छ । आफूले म्यानह्याटनका संघीय अभियोजनकर्ता र आईआरएसलाई सम्भावित संघीय अपराधबारे ट्रम्पमाथि अनुसन्धान गर्न अनुरोध गरेको पनि जेम्सको भनाइ छ ।

ट्रम्पमाथि तीन वर्षे देवयानी अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाणहरूले ट्रम्पले बैंकलाई ठगेको अनि वित्तीय संस्थाहरूलाई झुटाे विवरण दिएको हुन सक्नेतर्फ औंल्याएको उनको भनाइ छ । ट्रम्पले आफ्नो कम्पनीका लागि उपर्युक्त कर्जा र बीमा नीति प्राप्त गर्न र कम्पनीको कर दायित्व कम गर्न बैंक, बीमा कम्पनी र आईआरएसलाई दिइएका विवरणहरूमा आफ्नो सम्पत्ति निकै बढाइचढाई गरेको जेम्स बताउँछिन् । ट्रम्पले आफ्नो नेटवर्थ अर्बौं डलर धेरै देखाएको समेत पत्रकार सम्मेलनमा उनले बताएकी छिन् । पाँच वर्षसम्म ट्रम्प र उनको कम्पनीलाई न्यूयोर्कमा रियल इस्टेट प्राप्तिमा रोक लगाउने पनि उनले बताएकी छिन् । पाँचै वर्षका लागि उनीहरुलाई न्यूयोर्कमा बैंकबाट कर्जा लिनका लागि आवेदन दिनमै समेत बन्देज गरिने बताइएको छ । अमेरिकामा वर्षौंदेखि धनीमानी अनि हुने खानेहरूले आफूलाई कानून नै नलाग्ने जस्तो व्यवहार गरिरहेको अनि ट्रम्प पनि यिनी व्यक्तिमध्ये एक भएको जेम्सले बताइन् ।

आफूलाई अति धनाढ्य देखाउन र अनि देशको व्यवस्थालाई धोखा दिन आफ्ना छोराछोरी अनि ट्रम्प अर्गनाइजेशनका शीर्ष कार्यकारीहरूको मद्दतले डोनल्ड ट्रम्पले आफ्नो नेटवर्थ अर्बौं डलर धेरै देखाएको उनको भनाइ छ । ट्रम्पले आफ्नो सम्पत्ति समग्रमा बढाइचढाई गरेको अनि यसले हरेक वर्ष सबै नभए पनि अधिकांश रियल इस्टेट होल्ङिङलाई प्रभावित बनाएको मुद्दाको आरोप छ ।

सन् २०११ देखि २०२१ को बीचमा ट्रम्प, ट्रम्प अर्गनाइजेशन र मुद्दाका अन्य प्रतिवादीहरूले सम्पत्तिको मूल्यांकनबारे २०० ओटाभन्दा धेरै झुटा अनि भ्रामक मूल्यांकन गरेको मुद्दामा उल्लेख गरिएको छ । ट्रम्पले म्यानह्याटनमा रहेको आफ्नो अपार्टमेन्ट वास्तविक आकारभन्दा तेब्बर ठूलो भएको दाबी गरेको पनि जेम्सको आरोप छ ।

मार–अ–लागो क्लबको सम्पत्तिबारे पनि उनले यस्तै अनेक झुट बोलेका थिए । मार–अ–लागोको वार्षिक आम्दानी २ करोड ५० लाख डलरभन्दा कम छ । यसको मूल्यांकन ७ करोड ५० लाख डलर मात्रै हुनुपर्थ्याे‍ । तर, यसको मूल्यांकन ७३ करोड ९० लाख डलर छ । आफ्नो व्यवसायबारे अनुसन्धान गरेपछि ट्रम्पले वर्षौंदेखि जेम्सलाई गाली गर्दै आएका छन् । राजनीतिक दूराभावले सो अनुसन्धान गरिएको समेत ट्रम्पले आरोप लगाएका थिए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)