ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

शेयर बजारको वृद्धि एक दिन पनि टिकेन, कारोबार रकम रू. ६५ करोड ५७ लाखमा झर्‍यो

२०७९ असोज, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शेयर बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । बुधवार नेप्सेमा खरीदकर्ता आकर्षित भएसँगै ११ अंक बढेको थियो । बिहीवार भने विक्रेता हाबी भएका छन् ।

यसो त कारोबार रकम पनि निकै घटेको छ । परिसूचक निकै नै तल आएको छ । कम्पनीहरूको शेयर मूल्य निकै सस्तो भएकाले अत्यावश्यक अवस्थामा बाहेक खासै लगानीकर्ता विक्री गर्न तयार छैनन् भने क्रेताहरू अझै सस्तोमा पाइन्छ कि भनेर बसेका छन् । सोही कारण पनि कारोबार रकम कम भएको हो । 
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ९ दशमलव ८३ अंक घटेर बन्द भएको छ । नेप्से परिसूचक १ हजार ८३८ दशमलव ९६ विन्दुमा झरेको छ । कारोबारमा आएका २२९ धितोपत्रको  २५ लाख ४२ हजार ८९९ कित्ता शेयर १७ हजार ९६४ पटकमा रू. ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२९ धितोपत्रमध्ये सबैभन्दा बढी सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३१ दशमलव १० पुगेको छ । त्यसैगरी दोस्रोमा लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य ४ दशमलव ४२ प्रतिशत वृद्धि भएर रू. ८ दशमलव शून्य ४ पुगेको छ । 

बिहीवार ‘१०% प्रभु बैंक डिबेञ्चर २०८४’ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ९ दशमलव ९३ प्रतिशत घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू. ९०८ मा झरेको हो । त्यसैगरी दोस्रोमा पनि ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ९० प्रतिशत घटेर रू. ९०१ कायम भएको छ । 

यस दिन नबिल बैंकको शेयर सर्वाधिक खरीदविक्री भएको छ । यस कम्पनीको रू. २ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७५९ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा बोटलर्स नेपाल तराईको रू. २ करोड ४१ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ औटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको छ । समूहगत परिसूचकमा सबैभन्दा बढी  वित्त समूहको १ दशमलव ५६ प्रतिशत घटेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement