ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घूस लिएको आरोपमा चीनमा पूर्वन्यायमन्त्री थुनामा 

२०७९ असोज, ६  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पेचिङ (चीन) । चीनका पूर्वरक्षामन्त्री फु चङहुवा घूस लिएको आरोपमा थुनामा परेका छन् । 

सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानहरूको नेतृत्वकर्तासमेत रहेका फुलाई जुलाईमा ११ करोड ७० लाख युआन (१ करोड ४७ लाख डलर) बराबरको उपहार र पैसा लिएको अभियोगमा दोषी पाइएको थियो । 

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार उनको मृत्युदन्डको सजाय निलम्बन गरेर आजीवन काराबासको सजाय दिइएको छ । आगामी महीना कम्युनिष्ट पार्टीका विशेष महाधिवेशन आउने लाग्दा सरकारले अधिकारीहरूमाथि अचानक छानबिन र सजाय बढाइरहेकै समयमा फुलाई सजाय सुनाइएको हो । 

यही हप्ता चीन सरकारले प्रहरीका तीन जना पूर्वप्रमुखलाई पनि जेल सजाय सुनाएको थियो । यी चारै जनालाई घुसखोरीको आरोपको साथसाथै राष्ट्रपति सि चिनफिङप्रति विश्वासघात गरेको अभियोगसमेत लगाइएको छ । पूर्वसुरक्षा प्रमुख सन लिचुनको नेतृत्वको भ्रष्ट राजनीतिक वृत्तको हिस्सा भएको आरोप पनि यी चारै जनामाथि छ । 

सनको भ्रष्टाचार मुद्दाको सुनवाई हुन बाँकी छ । फु सन् २०१८ देखि सन् २०२० को बीचमा चीनमा न्यायमन्त्री बनेका थिए । यसअघि भने उनले प्रहरी जवानदेखि चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको उपप्रमुखको रूपमा समेत काम गरेका थिए । हालैका वर्षहरूमा चीनको शीर्ष राजनीतिक वृत्तमा घुसखोरहरूमाथि भएको हाई–प्रोफाइल छानबिनमध्ये कयौंको नेतृत्व उनले नै गरेका थिए । 

गएको वर्ष अक्टोबरमा पार्टीको आन्तरिक नियामकले फुमाथि अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लंघनको आरोपमा अनुसन्धान थाल्ने घोषणा गरेकाे थियाे । त्यति बेला उनको पदच्यूत भयो अनि यो वर्षको मार्चमा कम्युनिष्ट पार्टीबाट बहिस्कार गरियो । 

त्यसको एक महीनापछि नै उनलाई घूसखोरीको अभियोगमा पक्राउ गरिएको हो । फुले व्यवसायिक करार, सरकारी पद र कानूनी मामिलामा समेत आफ्नो पद र शक्तिको दुरुपयोग गरेको अरोप अभियोजनाकर्ताहरूले लगाएका छन् । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)