काठमाडौं । एनसेलले नजिकिँदै गरेका दशैं, तिहार र छट जस्ता चाडपर्वलाई लक्षित गरी तीनवटा नयाँ भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ ।
यी प्याकहरू शुक्रबार (असोज ०७) देखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन र २८ दिनको समयावधि रहेको प्याक लिन सक्नेछन् ।
१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५५ रुपैयाँमा भारतमा कल गर्नका लागि १५ मिनेट टक टाइम पाउनेछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रुपैयाँमा भारतमा कल गर्नका लागि ७० मिनेट टक टाइम पाउनेछन् ।
आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित ७४९ रुपैयाँमा किनेर भारतमा कल गर्न सक्नेछन् । जस अनुसार प्रतिमिनेट साढे ३ रुपैयाँ भन्दा कम मूल्यमै भारतमा कुराकानी गर्न सकिने छ ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारका भ्वाइस प्याकहरू लिन सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी भ्वाइस प्याकहरू शुरु गर्न सक्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुसार भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु संचालनमा ल्याएको कम्पनीद्वारा जारि गरिएको विज्ञप्तीमा उल्लेख छ । चाड पर्वको समयमा भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कल गर्न सकिने चाडपर्व लक्षित भ्वाइस प्याकहरू सार्वजनिक गरिएको एनसेललेको भनाइ छ ।