ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नाडा अटो शो मा साइकल क्रेज : ७५ हजार देखि १ लाख ४० हजारसम्मका साइकल बेच्दै निम्बस

२०७९ असोज, ६  
बजार
Image Not Found

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको विद्युतीय गाडीको मात्रै प्रदर्शनी मेला (ईभी नाडा अटो शो)मा निम्बसले ल्याएका साइकलमा सर्वसाधारणको क्रेज देखिएको छ ।

भारतमा सर्वाधिक विक्री हुने मोटरसाइकल निर्माता कम्पनी हिरोकै सहायक कम्पनी हिरो साइकलले उत्पादन गर्ने लेक्ट्रो साइकल नेपालमा निम्बस इन्टरनेशनल प्रालीले विक्री वितरण गर्दै आएको छ ।

न्यूनतम ७५ हजार ९०० रुपैयाँदेखि १ लाख ३९ हजार ९०० रुपैयाँसम्म मूल्य पर्ने साइकल दशैं अफरमा खरीद गर्दा ८ हजार रुपैयाँसम्म छुट दिइएको छ ।

नाडा अटो शो मा खरीद गर्नेले एउटा हेलमेट निःशुल्क पाउने कम्पनीले बताएको छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement