ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

त्रिभुवन विमानस्थलको जग्गा अतिक्रमण

२०७९ असोज, ७  
१० वर्ष अघि
Jagdamba Supershine NA

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्वामित्वको करिब १२ रोपनी जग्गा अतिक्रमण भएको छ । पुरानो सिनामंगलस्थित पेप्सीकोलादेखि गोठाटारसम्मको जग्गा अतिक्रमण भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुधार आयोजना निर्देशनालयले बताएको छ । ‘विमानस्थलको सुरक्षा र यात्रुहरूको सुविधाका लागि तारबार, पर्खाल र सडक निर्माण गर्दा बचेको जग्गा अतिक्रमण भएको हो,’ आयोजनाका प्रमुख सर्वेक्षक ध्रुव बस्नेतले भने ।

आयोजनाका अनुसार अतिक्रमण भएको जग्गामा अनधिकृत तारबार, बालीनाली लगाउने, पर्खाल घेर्ने, घरगोठ, ग्यारेज, कम्पाउन्ड, मठमन्दिर निर्माण गर्नेलगायत काम भइरहेको छ । विमानस्थलको जग्गामा भइरहेको अतिक्रमण रोक्न केही समयअघि आयोजनाले पहिलोपटक सूचना जारी गरेको थियो । ‘सूचना जारी भइसकेको छ, अब केही हदसम्म जग्गा अतिक्रमण रोकिन्छ ।’ आयोजना स्रोतले भन्यो । स्रोतका अनुसार विमानस्थलको पूर्ण स्वामित्वमा रहेको खाली जग्गा बाँझोजस्तो देखिएकाले पनि अतिक्रमण भएको हो ।

अतिक्रमण रोक्न विकास निर्माण तथा बोटबिरुवा रोप्ने अभियान शुरू गर्न लागिएको आयोजनाले जानकारी दिएको छ ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)